काठमाडौँ । साताको पहिलो कारोबारका दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। गत साताको पछिल्लो दुई कारोबारमा घटेको बजार आज पनि घटेको हो ।
सरकारको अस्थिरता बाहेक अन्य कारण नदेखिएको शेयर बजारमा लगानीकर्ताको मनोबल साघुरिदै जाँदा बजारमा गिरावट आएको हो । बैंकको ब्याजदर निरन्तर घट्दो क्रममा रहे पनि अझै कर्जाको माग बढ्न सकेको छैन।
आज बजार ९.१९ अंकले घटेर २६१७.९५ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा कारोबार भएको ३२० कम्पनीको १ करोड ११ लाख ३४ हजार १७८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा पाँच उपसूचक हरियाली भएको छ ।
आज पाँच उपसूचकमा हरियाली आएको छ । यस दिन फाइनान्स समूहको १.११ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६९ प्रतिशत, हाइड्रोपावर समूहको ०.४७ प्रतिशत, जीवन बीमा समूहको १.१५ प्रतिशतले शेयर मूल्य बढेको छ ।
उक्त दिन बजारमा गिरावट आउँदा पनि लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल रिभर्रस फल्स पावर, माइखोला हाइड्रोपावर र सम्वृद्धि फाइनान्सको सेयरमा सकरात्मक सर्किट लाएको छ ।


































