National life

शेयर बजारमा दोहोरो अंकको गिरावट, उपसूचक राताम्य, यसकारण घट्दै छ बजार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ कात्तिक २०८१, बिहिबार
515Shares
शेयर बजारमा दोहोरो अंकको गिरावट, उपसूचक राताम्य, यसकारण घट्दै छ बजार
ncell

काठमाडौं । साताको अन्तिम कारोबारका दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १८.२५ विन्दुले घटेर २६२७.१४ अंकमा आएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बजारमा गिरावट आउदा ११ वटा सूचक राताम्य बनेको छ । सूचीकृत ३१७ कम्पनीको १ करोड २३ लाख ८३ हजार ६ सय २३ कित्ता शेयर खरिदबिक्रि हुँदा ५ अर्ब ४१ करोडको शेयर कारोबार भएको छ। बैंक–वित्तीय संस्थाहरुले मुनाफा बढाएको वित्तीय प्रतिवेदन सार्वजनिक भइरहँदा सेयर बजार भने घटेको छ । यसबाट आम लगानीकर्तामा अन्योलता समेत बढेको देखिन्छ ।

यस्तै, यसअघि राजनीतिक अस्थिरता, सरकार परिवर्तन लगायत हल्ला चलेकाले पनि आम लगानीकर्ताको मनोबल कमजोर बनेको देखिन्छ । नेप्सेले उच्च विन्दुको यात्रा तय गर्नुअघि यस्ता करेक्सनहरु बारम्बार आउने जानकारहरुको भनाई छ । यसअघि बढेको बजारबाट अल्पकालमै नाफा बुक गर्न चाहनेहरु सक्रिय हुँदा बजार घटेको अनुमान गरिएको छ ।

उक्त दिन बजारमा सामान्य गिरावट आउँदा रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्यमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, एनआइबिएल सम्वृद्धि फण्डको ५.७३ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.९० प्रतिशत, गुडविल फाइनान्सको ४.५१ प्रतिशतले सेयर मूल्य घटेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
515SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?