National life
cg eloctronics

सरकारको चालु खातामा १ खर्ब ९३ अर्ब बचत, अघिल्लो वर्ष ६३ अर्ब ७४ करोड घाटामा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ जेठ २०८१, सोमबार
827Shares
सरकारको चालु खातामा १ खर्ब ९३ अर्ब बचत, अघिल्लो वर्ष ६३ अर्ब ७४ करोड घाटामा
muktinatha bikash bank

काठमाडौँ। सरकारको चालु खाता १ खर्ब ९३ अर्ब २५ रुपैयाँले बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको १० महिनामा आधारित वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको तथ्याङ्क अनुसार उक्त रकम बराबरको बचत देखाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६३ अर्ब ७४ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४९ करोड ३६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ४५ करोड रुपैयाँले बचतमा छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई ५ अर्ब २६ करोड रुपैयाँ कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ९८ करोड रुपैयाँले धनात्मक छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६ अर्ब ३६ करोड रुपैयाँ कायम थियो ।

everest bank

गत वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोडले धनात्मक थियो। समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले बचतमा छ ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
827SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?