National life
cg eloctronics

सहकारीको १ अर्ब ५१ करोड बढी अपचलन गर्ने ‘सीबी लामा’लाई थुनामा राख्न आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ जेठ २०८१, आइतबार
1.1kShares
सहकारीको १ अर्ब ५१ करोड बढी अपचलन गर्ने ‘सीबी लामा’लाई थुनामा राख्न आदेश
ncell

काठमाडौँ। कान्तिपुर सेभिङ्गका पूर्व अध्यक्ष समेत रहेका चन्द्रबहादुर तामाङ अर्थात् ‘सीबी लामा’ पुर्पक्षका लागि थुनामा पठाइएको छ।

उनीमाथि कान्तिपुर सेभिङ्गमा सर्वसाधारणले बचत गरेको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार अपचलन गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ। सो बिगो कायम गरेर सरकारी वकिल कार्यालय मार्फत अदालतमा मुद्दा दायर गरिएको प्रहरीले जानकारी दिएको छ ।

तामाङलाई प्रहरीले जेठ १८ मा पश्चिम चितवनबाट पक्राउ गरेको थियो । कान्तिपुर सेभिङ्ग र पशुपति सेभिङ्गको बचत रकम अपचलन गरेर फरार भएका उनी विरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका थप ६ जना सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कान्तिपुर सेभिङ्गका कोषाध्यक्ष ५२ वर्षीय प्रेमध्वज लामा, सचिव ४९ वर्षीय जोगलाल लामा, सदस्यहरू सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, इन्दु थापा र देवराज पराजुलीविरुद्ध पुर्जी जारी भएको छ ।

सहकारी सञ्चालकविरुद्ध ८५२ जना बचतकर्ताले जाहेरी दिएका छन् । पूरक जाहेरी आउने थप हुँदै गएको प्रहरीको भनाई छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?