काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएदेखि निरन्तर सर्किट लाग्न थालेको सर्वोत्तम सिमेन्टको सेयर मूल्य प्रतिकित्ता १ हजार ८३ पुगेको छ । कम्पनीको सेयरको सुरुवाती कारोबार प्रतिकित्ता ५५६ रुपैयाँमा भएको थियो।
कम्पनीको सेयर यही चैत ६ गतेदेखि कारोबार सुरु भएको थियो । त्यसयता प्रत्येक कारोबार दिनमा सर्किट लागिरहेको छ।
नेप्सेमा कम्पनीको ४ करोड ६५ लाख कित्ता सेयर सूचीकृत छ । सूचीकृत भए यताको ७ कारोबारका दिन समेत सर्किट लागेको हो ।
कम्पनीले यही फागुन २५ गते सेयर बाँडफाँड गरेको थियो। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले सेयर बाँडफाँड गर्दै ५५ हजार ५२१ जनालाई सेयर परेको जानकारी दिएको थियो ।


































