National life

सानिमा रिलायन्स लाइफको बिजनेस कन्फ्रेन्स सम्पन्न, तीन विधाका अभिकर्ता सम्मानित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१८ मंसिर २०८०, सोमबार
454Shares
सानिमा रिलायन्स लाइफको बिजनेस कन्फ्रेन्स सम्पन्न, तीन विधाका अभिकर्ता सम्मानित
ncell

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बिजनेस कन्फ्रेन्स २०८० सम्पन्न गरेको छ ।

कम्पनीले मधेस प्रदेशमा रहेका वीरगन्ज र बर्दिबास रिजनलको बिजनेस कन्फ्रेन्स महोत्तरीको बर्दिबासमा विशेष कार्यक्रम सहित सम्पन्न गरेको छ ।

वीरगन्ज र बर्दिबास रिजनमा रहेका शाखाहरूमा आबद्ध उत्कृष्ट अभिकर्ताहरूलाई अभिप्रेरित गराउने उद्देश्यले सम्पन्न उक्त कार्यक्रममा ४ सयभन्दा बढीको उपस्थिति रहेको कम्पनीले जानकारी दिएको छ ।

Royal Enfield
nic asia capital

कार्यक्रममा दुवै क्षेत्रका तीन विधामा उत्कृष्ट बिजनेस गर्ने १८ अभिकर्ताहरूलाई सम्मान प्रदान गरिएको थियो । कम्पनीले बर्दिबास रिजनबाट प्रथम बीमा शुल्क आर्जन गर्ने सुशील माली–प्रथम, घनश्याम बस्नेत– द्वितीय र विकर प्रसाद साह–तृतीय स्थानमा रहेकालाई सम्मान प्रदान गरेको हो।

त्यसै गरी धेरै सङ्ख्यामा बीमालेख आर्जन तर्फ सुशील माली तथा सौरभ कुमार झा–प्रथम, शम्भु राउत द्वितीय, विकर, प्रसाद साह तृतीय रहेका थिए र टिम बिजनेसमा सुनिल कुमार झा–प्रथम, वैद्यनाथ राम द्वितीय तथा पिंकु कुमारी मिश्र तृतीय स्थानमा रहेका थिए ।

त्यस्तै,कम्पनीले वीरगन्ज रिजनबाट प्रथम बीमा शुल्क आर्जनतर्फ यशोदा देवकोटा प्रथम, पूजा गुप्ता द्वितीय र मो। खैरुल्लाह खानले तृतीय स्थान हासिल गरेका अभिकर्ताहरूलाई सम्मान गरेका छ ।

यसका साथै, कम्पनीले बीमालेख सङ्ख्या आर्जनमा अन्जु साह प्रथम, पूजा गुप्ता द्वितीय र यशोदा देवकोटा तृतीय तथा टिम बिजनेस आर्जनमा यशोदा देवकोटा प्रथम, सिकिन्द्र साह र दीपेन्द्र साहलाई सम्मान प्रदान गरेको छ ।

उक्त भव्य कार्यक्रममा कम्पनीको तर्फबाट डेपुटी सिइओ नीराजन कँडेल तथा चिफ, बिजनेस अफिसर गुणराज श्रेष्ठले अभिकर्ताहरूलाई अभिप्रेरित गर्दै बीमा क्षेत्रमा व्यक्तित्व विकास र आर्थिक विकासमा प्रचुर सम्भावना रहेको बताउँदै अभिकतालाई हौसला प्रदान गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
454SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?