National life
cg eloctronics

सिटिजन्स बैंक आजदेखि १८औँ वर्षमा प्रवेश,थप ६ ‘प्रिभिलेज काउन्टर’को सुरुवात

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ वैशाख २०८१, शुक्रबार
553Shares
सिटिजन्स बैंक आजदेखि १८औँ वर्षमा प्रवेश,थप ६ ‘प्रिभिलेज काउन्टर’को सुरुवात
muktinatha bikash bank

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड आफ्नो स्थापनाको १७औँ वर्ष पूरा गरी १८औँ वर्षमा प्रवेश गरेको छ । २०६४ साल वैशाख ७ गते २०औँ वाणिज्य बैंकको रूपमा सिटिजन्स बैंकको स्थापना भएको थियो ।

आज वैशाख ७ गते देखि सिटिजन्स बैंक १८औँ वर्षमा प्रवेश गरेको हो । १७ वर्षको यात्राको क्रममा बैंकले करिब १७ लाख २४ हजार ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको बैंकले जनाएको छ। सात वटै प्रदेशमा फैलिएको १९० वटा शाखाहरू मार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कुल निक्षेप करिब १ खर्ब ८४ अर्ब रहेकोमा कर्जा तर्फ रु १ खर्ब ५६ अर्ब रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसै अवधिमा बैंकले करिब रु १ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले १७ औँ वार्षिकोत्सवको अवसरमा आज वैशाख ७ गते बिहानै सात वटै प्रदेशमा करिब १ हजार ५३ कर्मचारीहरूको सहभागितामा प्रभात फेरी कार्यक्रम आयोजना गरेको छ । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखीकरण हुने अपेक्षा बैंकले लिएको छ।

everest bank

साथै, संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले ‘रक्तदान नै जीवनदान’भन्ने नारालाई सार्थक बनाउँदै नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सात वटै प्रदेशका कुल २५ शाखाहरूबाट करिब ६८४ जना रक्तदाताको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

यसै अवसरमा बैंकका मधेश प्रदेश अन्तर्गत वीरगन्ज शाखा र लुम्बिनी प्रदेशअन्तर्गत बुटवल शाखाले निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेका छन् । शिविरमा करिब ३०० जना सेवाग्राहीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथसाथै आवश्यक औषधीहरू समेत निःशुल्क प्राप्त गरेका छन् ।

साथै सिटिजन्स बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा‘सिटिजन्स स्मार्ट बचत खाता’लाई १७ थरि आकर्षक सुविधाहरु थप गरेर ग्राहकहरुमाझ ल्याएको छ । अब ग्राहकहरुले यो योजनाअन्तर्गत खाता खोल्दा आकर्षक थप १७ सुविधाहरु निश्चित समयको लागि प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुको सुविधालार्ई मध्यनजर गर्दै यसै दिनदेखि बैंकले आफ्नो थप ६ वटाशाखाहरु बाट ‘प्रिभिलेज काउन्टर’को समेत सुरुवात गरको छ । काठमाण्डौ उपत्यकाभित्र कुमारीपाटी, बौद्ध, कोटेश्वर र न्यूरोड शाखामा र उपत्यकाबाहिर बुटवल र हस्पिटललाइन शाखामा वैशाख ७ गतेबाट प्रिभिलेज काउन्टर सुचारु भएको बैंकले जनाएको छ ।

साथै, वार्षिकोत्सवको उपलक्ष्यमा सिटिजन्स बैंकको मूख्य प्रायोजनमा १० औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता यही बैशाख ०९ देखी १५ गतेसम्म दशरथ रंगशालामा हुन गइरहेको छ । सिटिजन्स बैंकले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ इकाईहरूबाट बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
553SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?