National life

सिटी एक्सप्रेस मेगा बम्पर उपहारको विजेता बने निराजन ढकाल, कति पाए रकम ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ पुस २०८१, बिहिबार
557Shares
सिटी एक्सप्रेस मेगा बम्पर उपहारको विजेता बने निराजन ढकाल, कति पाए रकम ?
ncell

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ''१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा, योजना अन्तर्गत मेगा बम्पर उपहार'' आफूले पठाएको भन्दा १८ गुणा बढी पाउने, विजेताको नाम घोषणा गरेको छ।

सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर तथा कलाकार जितु नेपाल र कम्पनीका संस्थापकर प्रबन्ध निर्देशक चन्द्र टण्डनको विशेष उपस्थितिमा विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट रेमिटेन्स पठाउने निराजन ढकालले आफूले पठाएको रकम ४१ हजार ९०९ रूपैयाँको १८ गुणा गरेर सात लाख ५४ हजार तीन सय ६२ रूपैयाँ जित्न सफल भएका छन्।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १ गतेदेखि मंसिर ३० गतेसम्म २०८१ सालको दसैं, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुशी साट्न लगातार ६० दिनसम्म चल्ने ''१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा'' उपहार योजना घोषणा गरेको थियो।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरूलाई जनही ५०० रूपैयाँको सिटी पे वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जसअन्तर्गत एक हजार ६२० जनाले दैनिक उपहार (५०० रूपैयाँको वालेट टपअप) , २४ जनाले साप्ताहिक उपहार (सामसङको स्मार्ट टिभी) र ६ जनाले मासिक उपहार (सामसङको स्मार्ट फोन) जित्न सफल भइसकेका छन्।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
557SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?