National life
cg eloctronics

सिद्धार्थ बैंकले गर्‍यो क्रेडिट कार्ड कर्जा नतिरेका ६० जनाको नाम सार्वजनिक 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ साउन २०८१, बुधबार
433Shares
सिद्धार्थ बैंकले गर्‍यो क्रेडिट कार्ड कर्जा नतिरेका ६० जनाको नाम सार्वजनिक 
ncell

काठमाडौँ । सिद्धार्थ बैंकले ६० जना क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्नेहरूको नाम सार्वजनिक गरेको छ।

बैंकले क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ६० जना ऋणीहरूको नाम आज सार्वजनिक गरेको छ । बुधवार एक सूचना प्रकाशन गर्दै बैंकले क्रेडिट कार्ड कर्जाका ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको हो ।

क्रेडिट कार्ड प्रयोग गरी ऋण लिएर समयमा उक्त ऋण चुक्ता नगरेपछि ३५ दिनको समय दिएर बैंकले ६० जना ऋणीको नाम सार्वजनिक गरेको छ। उनीहरूलाई बैंकले पटक– पटक लिखित तथा मौखिक ताकेता गरेर ऋण तिर्न आग्रह गरिसकेको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकद्वारा जारी सूचनामा  भनिएको छ ‘क्रेडिट कार्ड कर्जा लिँदा गरेको शर्त कबुलियतको उल्लङ्घन गरेको र बैंकबाट मौखिक एवं लिखित रूपमा पटक पटक ताकेता गर्दा समेत सोको कुनै वास्ता नगरी कर्जा फर्छ्यौट गर्ने तर्फ तदारुकता नदेखाएको हुँदा ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको हो,’।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
433SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?