National life

भोटेकोशी प्रभावितको राहत र पुनःस्थापनामा सिद्धार्थ बैंकको २ करोड ५१ लाख

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२० दिन अगाडि|१४ भदौ २०८३, आइतबार
1.1kShares
भोटेकोशी प्रभावितको राहत र पुनःस्थापनामा सिद्धार्थ बैंकको २ करोड ५१ लाख
ncell

काठमाडौं । हालै रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको दुःखद् परिस्थितिप्रति गहिरो संवेदना व्यक्त गर्दै सिद्धार्थ बैंक लिमिटेडले विपद् प्रभावितहरूको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध सिद्धार्थ बैंकले कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको पीडामा साथ दिने तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन योगदान पु¥याउने विश्वासका साथ उक्त रकम कोषमा उपलब्ध गराएको हो ।

यस विपद्का कारण ज्यान गुमाउने सम्पूर्ण दिवंगत आत्माप्रति बैंक परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ तथा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायको पुनःस्थापना र सामान्य जनजीवन पुनर्बहालीका लागि भइरहेको सरकारी तथा सरोकारवाला निकायहरूको प्रयास सफल होस् भन्ने कामना गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सिद्धार्थ बैंकले विगतदेखि नै विभिन्न सामाजिक, मानवीय तथा विपद् व्यवथापनसम्बन्धी कार्यहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ । आगामी दिनहरूमा पनि देश तथा समाजलाई आवश्यक परेको बेला आफ्नो सामाजिक दायित्वप्रति प्रतिबद्ध रहँदै यस्ता मानवीय कार्यहरूमा निरन्तर सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?