National life
cg eloctronics

सिद्धार्थ बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ मंसिर २०८१, बुधबार
579Shares
सिद्धार्थ बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
muktinatha bikash bank

काठमाडौं । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच बैंकले दर्ता गरेका नेपालपे मर्चेन्टहरुको क्यूआरमा अलिपे प्लसको नेटवर्कमा रहेका सदस्य वालेट र मोबाइल बैंकिङहरु मार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने गरी सम्झौता भएको छ ।

विशेष गरी चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका इन्टरोपेरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

अलिपे प्लसको नेटवर्कमा अलिपे चाइना, ओसीबीसी चाङगीपे,  जीक्यास, अलिपेएचके, हाईपे, काकाओपे, टसपे, नेभरपे, टीएजीडी, पीबीबी,ट्र मनि, एमपे र टिननाबामार्फत अन्तरदेशीय भुक्तानीहरु गर्न सकिने व्यवस्था रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यो सम्झौताले अन्तर्राष्ट्रिय भुक्तानीलाई सरल र छरितो बनाउने भएकोले, नेपाल आउने पर्यटकहरूलाई सहजता पुर्याउने र यस सुविधाले पर्यटन व्यवसाय, होटल, रेष्टुरेन्ट, पसल तथा अन्य सेवामूलक क्षेत्रका व्यवसायीहरूलाई थप प्रोत्साहन दिइ आर्थिक कारोबारलाई पनि सहज र सुरक्षित बनाउने विश्वास गरिएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
579SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?