National life

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड: ८ सयले बढेको सुनको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ कात्तिक २०८१, बुधबार
429Shares
सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड: ८ सयले बढेको सुनको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाली बजारमा दैनिक रुममा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरिरहेको समयमा आज फेरि अर्को रेकर्ड कायम गर्दै सुनचाँदीको मूल्य आजसम्मकै उच्च बिन्दुमा कारोबार भएको छ ।

आज सुनको मूल्य प्रतितोला ८ सय रुपियाँले बढेको छ । यो वृद्धिसँगै छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ ।

मङ्गलवारका दिन ३ सय रुपैयाँले बढेको सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ३५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार १३५ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गर्दै गइरहेको छ । सुनको मूल्य बढ्ने कारणहरूको समाधान नभएको कारण मूल्यमा थप वृद्धि हुँदै निकट समयमै प्रतितोला २ लाख आसपासमा कारोबार हुने नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
429SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?