काठमाडौँ। नेपाली बजारमा लगातार बढेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको छ । आज सुन प्रतितोला २०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सोमबार भने सुनको मूल्य तोलामा एक लाख ५१ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।यता,चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ।
































