काठमाडौँ । आज बुधवारका दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबारका दिन प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने ८ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ८ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार ९३५ रुपैयाँमा कारोबार भइरहेको छ ।





































