National life

सूर्यज्योतिको अभिकर्ता प्रोडक्ट एम्बेसडर अभियान प्रभावकारी बन्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ वैशाख २०८१, शुक्रबार
542Shares
सूर्यज्योतिको अभिकर्ता प्रोडक्ट एम्बेसडर अभियान प्रभावकारी बन्दै
ncell

काठमाडौं । सूर्यज्योतिसँग आवद्ध मापदण्ड पुरा गरेका देशैभरिका अभिकर्ताहरू मध्येबाट एक वर्षका लागि कम्पनीले प्रोडक्ट एम्बास्डर बनाउदै आएको छ।

प्रोडक्ट एम्बेसडर भएका व्यक्तित्वहरुको फोटो राखी कम्पनीले देशव्यापी रुपमा प्रचारप्रसार गरिरहेको छ। कम्पनीका देशैभरि रहेका शाखा कार्यालयहरुको विशेष स्थानमा उनीहरुको फोटो अंकित व्यानर, विज्ञापन बोर्ड, फ्लायर, लिफलेट तथा पम्पलेट राखी कम्पनीको प्रचारप्रसार गर्ने गरिएको छ ।

कम्पनीले गरेको यो नीतिले अभिकर्ताहरुको मान सम्मान, इज्जत एवं प्रतिष्ठामा वृद्धि हुने, समाजमा उनीहरुप्रतिको विश्वसनीय बढ्ने, व्यवसाय तथा वृत्ति विकासमा टेवा पुग्ने र आम्दानीमा समेत उल्लेखनीय वृद्धि हुने भएकाले कम्पनीमा आबद्ध सबै अभिकर्ताहरु माझ यो अभियान उत्कृष्ट र लोकप्रिय भएको कम्पनीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो किसिमको सम्मानले सम्बन्धित विजेता एवं समस्त अभिकर्ताहरुको व्यावसायिक मनोबलमा वृद्धि भई सकारात्मक प्रतिस्पर्धाको वातावरण सृजना भएको हो । चालू आ.व. मा यस कम्पनीका बुटवल–पाल्पा रोड शाखाका कमल प्रसाद घिमिरे, कोहलपुर शाखाका गौरव कुमार शाही तथा महाराजगन्ज शाखाकी सृजना पन्तले क्रमशः चौरासी पुजा जीवन बीमा योजना, सुरक्षित भविष्य जीवन बीमा योजना र सावधिक जीवन बीमा योजनाका लागि प्रोडक्ट एम्बेसडरको उपाधि प्राप्त गरिसकेका छन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
542SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?