काठमाडौँ । सूर्यज्योती लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा राखेको छ। सूर्यज्योती लाइफको स्वामित्वमा रहेको ९२ हजार ३४९ कित्ता संस्थापक सेयर एनआईसी एशिया बैंकले साउन १३ गतेदेखि बिक्रीमा ल्याएको हो ।
बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य प्रतिकित्ता १७१ रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले साउन १८ गतेसम्म आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
उक्त सेयरमा न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ बैंकको स्वामित्वको इन्स्योरेन्सको उक्त सेयर बिक्री प्रबन्धकमा एनआर्ईसी एशिया क्यापिटल रहेको छ ।
































