National life
cg eloctronics

एनआईसी एशियाको नाफा र प्रतिसेयर आम्दानी दुवै बढे, अन्य सूचक कस्ता छन्?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२६ दिन अगाडि|१५ कात्तिक २०८३, आइतबार
1.5kShares
एनआईसी एशियाको नाफा र प्रतिसेयर आम्दानी दुवै बढे, अन्य सूचक कस्ता छन्?
muktinatha bikash bank

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा वृद्धि गरेको छ। बैंकको मुख्य आम्दानीमा केही दबाब देखिए पनि नाफा बढाउन सफल भएको छ भने खराब कर्जाबापतको जोखिम व्यवस्थापन र वितरणयोग्य घाटा न्यूनीकरणमा समेत सकारात्मक संकेत देखिएका छन्।

बैंकको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.३२ प्रतिशतले बढेर १२ करोड ७४ लाख रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा बैंकले १२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3

सहायक कम्पनीसहितको समग्र वित्तीय प्रदर्शन अझ उत्साहजनक देखिएको छ। समूहको खुद नाफा १५ करोड ७२ लाख रुपैयाँबाट बढेर २६ करोड ७२ लाख रुपैयाँ पुगेको छ। यससँगै समूहको नाफामा करिब ७० प्रतिशतको उल्लेखनीय वृद्धि भएको छ।

everest bank

बैंकको वित्तीय विवरणमा देखिएको सकारात्मक पक्षमध्ये कर्जा तथा अन्य सम्भावित नोक्सानीबापतको इम्पेयरमेन्ट खर्चमा आएको कमी महत्वपूर्ण छ। गत वर्षको पहिलो त्रैमासमा १ अर्ब १८ करोड ६५ लाख रुपैयाँ रहेको यस्तो खर्च चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २१.६६ प्रतिशतले घटेर ९२ करोड ९४ लाख रुपैयाँमा झरेको छ।

कर्जा गुणस्तरका केही सूचकमा सुधार देखिनु बैंकका लागि अर्को सकारात्मक पक्ष बनेको छ। बैंकको खुद निष्क्रिय कर्जा अनुपात गत वर्षको पहिलो त्रैमासमा १.७४ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ०.३६ प्रतिशतमा आएको छ।

त्यस्तै, कुल खराब कर्जाको तुलनामा कर्जा नोक्सानी व्यवस्थाको अनुपात ९४.८३ प्रतिशतबाट बढेर ११४.८४ प्रतिशत पुगेको छ। यसले खराब कर्जाबाट उत्पन्न हुन सक्ने जोखिम व्यवस्थापनका लागि बैंकले तुलनात्मक रूपमा बलियो व्यवस्था गरेको संकेत गर्छ।

यद्यपि कुल निष्क्रिय कर्जा अनुपात भने ६.९९ प्रतिशतबाट बढेर ९.८१ प्रतिशत पुगेको छ। त्यसैले आगामी दिनमा खराब कर्जा घटाउने र असुली सुधार गर्ने विषय बैंकका लागि महत्वपूर्ण रहनेछ।

सेयरधनीका लागि महत्वपूर्ण मानिने वितरणयोग्य आम्दानीमा पनि केही राहतको संकेत देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ३ करोड ६४ लाख रुपैयाँ रहेको चालु त्रैमासको वितरणयोग्य घाटा यसपटक घटेर ५३ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ।

यसअनुसार एक वर्षको अवधिमा त्रैमासिक वितरणयोग्य घाटा थपिने रकम करिब ४९ प्रतिशतले घटेको छ। यसले बैंकको वितरणयोग्य आम्दानीतर्फको दबाब क्रमशः कम हुँदै गएको संकेत गर्छ।

बैंकले वितरणयोग्य घाटासम्बन्धी विवरणमा परिपक्व ऋणपत्रसँग सम्बन्धित ६ अर्ब ७७ करोड रुपैयाँको ऋणपत्र मोचन सञ्चिति पूँजी समायोजन सञ्चितिमा सारेको उल्लेख गरेको छ। उक्त समायोजनको प्रभाव गणना गर्दा वितरणयोग्य घाटा करिब ८ अर्ब ६२ करोड रुपैयाँ हुने बैंकको भनाइ छ।

बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ३.२१ रुपैयाँबाट बढेर ३.३५ रुपैयाँ पुगेको छ। नाफामा भएको वृद्धिसँगै प्रतिसेयर आम्दानीमा समेत सुधार देखिएको हो।

त्यस्तै, निक्षेप तथा अन्य स्रोतको लागत ४.६० प्रतिशतबाट घटेर ३.७८ प्रतिशतमा आएको छ। यसले बैंकको स्रोत परिचालन लागत घटेको देखाउँछ।

कर्जा–निक्षेप अनुपात ६६.०८ प्रतिशतबाट घटेर ६०.२२ प्रतिशतमा आएको छ।

बैंकको वित्तीय विवरणमा केही चुनौती भने कायम छन्। खुद ब्याज आम्दानी १७.३६ प्रतिशतले घटेर १ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा सीमित भएको छ। कुल सञ्चालन आम्दानी पनि घटेको छ। त्यसैगरी, कुल पूँजीकोष अनुपात १४.०३ प्रतिशतबाट घटेर ११.१२ प्रतिशत र प्राथमिक पूँजी अनुपात ९.०३ प्रतिशतबाट घटेर ६.२७ प्रतिशतमा आएको छ।

समग्रमा एनआईसी एशिया बैंकको पहिलो त्रैमासिक वित्तीय विवरणले नाफा वृद्धि, समूहगत नाफामा उल्लेख्य विस्तार, खुद खराब कर्जामा कमी, कर्जा नोक्सानी व्यवस्थापनमा सुधार र वितरणयोग्य घाटा थपिने क्रम घटेको सकारात्मक संकेत दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?