National life

एनआईसी एशिया बैंक नाफामा फर्कियो, वित्तीय सूचकमा देखियो सुधार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|३१ साउन २०८३, आइतबार
1.9kShares
एनआईसी एशिया बैंक नाफामा फर्कियो, वित्तीय सूचकमा देखियो सुधार
ncell

काठमाडौं । विगतमा उच्च सञ्चित घाटा र कर्जा नोक्सानी व्यवस्थापनको दबाब झेल्दै आएको एनआईसी एशिया बैंकले पछिल्लो आर्थिक वर्षमा उल्लेख्य सुधार गर्दै नाफामा फर्किन सफल भएको छ । बैंकले आर्थिक वर्ष २०८२/८३ मा १८ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंक ३ अर्ब ८७ करोड २० लाख रुपैयाँ घाटामा रहेको थियो ।

बैंकको वित्तीय अवस्थामा आएको सुधारसँगै घाटाबाट नाफामा फर्किन सफल भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विशेषगरी कमिसन आम्दानीमा भएको वृद्धि तथा कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकममा आएको ठूलो कमीले बैंकको नाफा सुधारमा महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

समीक्षा अवधिमा बैंकको कमिसन आम्दानी १७.४२ प्रतिशतले बढेर १ अर्ब ४२ करोड १६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको प्रोभिजनिङ रकम पनि ६९.९६ प्रतिशतले घटेर २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँमा झरेको छ । अघिल्लो आवमा यस्तो रकम ९ अर्ब ७१ करोड ३८ लाख रुपैयाँ थियो ।

प्रोभिजनिङमा आएको उल्लेख्य कमीले बैंकको सञ्चालन नाफामा सकारात्मक प्रभाव पारेको छ । साथै, बैंकको प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षमा २५.९६ रुपैयाँ ऋणात्मक रहेको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षमा १.२२ रुपैयाँ धनात्मक भएको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १७२.३२ रुपैयाँ पुगेको छ भने तरलता अनुपात ४७.८२ प्रतिशत कायम रहेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात २६६.९० गुणा र कुल सम्पत्तिमा प्रतिफल ०.०५ प्रतिशत रहेको छ ।

यता बैंकको खुद ब्याज आम्दानी भने केही घटेको छ । अघिल्लो आर्थिक वर्षमा १० अर्ब १३ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षमा ७ अर्ब ८४ करोड रुपैयाँमा सीमित भएको छ । ब्याज आम्दानीमा केही संकुचन आए पनि कमिसन आम्दानीमा वृद्धि र प्रोभिजनिङमा आएको कमीले समग्र नाफामा सकारात्मक प्रभाव पारेको देखिन्छ ।

बैंकको खराब कर्जा अनुपात ९.२६ प्रतिशत रहेको छ । त्यस्तै, पूँजीकोष अनुपात ११.१० प्रतिशत, कोषको लागत ४.०२ प्रतिशत, कर्जा–निक्षेप अनुपात ६१.०७ प्रतिशत, आधार दर ५.८३ प्रतिशत र ब्याजदर अन्तर ३.५० प्रतिशत रहेको छ । बैंकको इक्विटीमा प्रतिफल ०.७१ प्रतिशत रहेको छ ।

यसैबीच, बैंकको वितरणयोग्य मुनाफा अझै १४ अर्ब ८६ करोड ५० लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहे पनि अघिल्लो वर्षको ठूलो घाटाबाट नाफामा फर्किनु बैंकको वित्तीय सुधारतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा देखिएको छ । पछिल्लो तथ्यांकले बैंकले कर्जा गुणस्तर व्यवस्थापन, आम्दानी वृद्धि र नाफा सुधारको दिशामा सकारात्मक प्रगति गरिरहेको संकेत गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?