National life
cg eloctronics

एनआईसी एशिया बैंकद्वारा चाँगुनारायणस्थित विद्यालयमा स्मार्ट बोर्ड सहयोग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
५ महिना अगाडि|११ असार २०८३, बिहिबार
2.3kShares
एनआईसी एशिया बैंकद्वारा चाँगुनारायणस्थित विद्यालयमा स्मार्ट बोर्ड सहयोग
muktinatha bikash bank

भक्तपुर । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चाँगुनारायण नगरपालिका–८, भक्तपुरस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ स्मार्ट बोर्ड प्रदान गरेको छ ।

हाल प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म ३७६ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विद्यालयमा मिति २०८३ आषाढ १० गते एक कार्यक्रमका बीच यस बैंकका काठमाडौं इस्ट सर्कल हेड गणेश पौडेल र भक्तपुर शाखा प्रमुख ईश्वर जिसीले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्जिप पुरीलाई उक्त स्मार्ट बोर्ड हस्तान्तरण गर्नु भयो ।

उक्त कार्यक्रममा विद्यालयका उप प्रधानाध्यापकद्वय निरा गिरी र गोबिन्द नेपालसहित अन्य शिक्षक, शिक्षिकाहरु, विद्यार्थीहरु र बैंकका तर्फबाट बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
2.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?