काठमाडौँ । जीवन बीमा कम्पनीहरूबिच पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्य ज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरी देशैभरि रहेका सम्पूर्ण शाखाहरूमा केक काटेर हर्षोल्लासका साथ १६औँ वार्षिकोत्सव मनाएको छ ।
१५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्स क.लि.र छोटो अवधिमा उल्लेखनीय सेवा प्रदान गरी आफूलाई एक सबल कम्पनीको रूपमा प्रस्तुत गरेको ज्योति लाईफ इन्स्योरेन्स क.लि.बीच मर्जर भई बनेको सूर्य ज्योति लाइफ इन्स्योरेन्स क.
उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीलाई १६ वर्ष देखि निरन्तर सफलता प्राप्त गर्न साथ दिनुहुने सम्पूर्ण शुभचिन्तकहरूका साथै अटुट सम्बन्ध राख्नुहुने आदरणीय ग्राहक वर्ग, अविरल साथ दिनुहुने अभिकर्ताहरू ,अहोरात्र खट्नु हुने कर्मचारीहरू , हौसला प्रदान गर्नुहुने शेयर धनी महानुभावहरू, सदैव सत्मार्ग देखाउनुहुने सञ्चालक समिति, मार्ग निर्देश गर्नुहुने आदरणीय नियमनकारी निकायहरू, व्यावसायिक साझेदारहरू लगायत सम्पूर्ण सञ्चारकर्मीहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा अझै गुणस्तरीय सेवा प्रदान गर्दै प्रतिबद्धता जाहेर गरेका थिए ।
साथै यही अवसरमा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले कम्पनीप्रति विश्वास गरी जोडिनुहुने सम्पूर्ण सरोकारवालाहरू लगायत सदैव मार्ग निर्देश गर्नुहुने नियमनकारी निकायहरूप्रति कृतज्ञता ज्ञापन गरेका छन्।
कम्पनीले नवीनतम प्रविधिमैत्री तथा समय सापेक्ष उत्कृष्ट सेवा पस्कँदै आएको र सर्वाधिक ३५ घातक रोगहरू विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको आर्थिक सुरक्षा दिँदै आएको छ।नेपालको एक मात्र तथा पहिलो ISO 9001:2015 बाट सम्मानित सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको हाल चुक्ता पुँजी रु ४५४ करोड, जीवन बीमाकोष रु ३,२०० करोड, कुल लगानी रु ३,७५० करोड रहेको छ भने नेटवर्थ रु ७५६ करोड रहेको छ ।
कम्पनीले हाल १७८ शाखाहरू मार्फत सेवा प्रदान गर्दै २८ लाख बीमालेख जारी गरिसकेको छ भने हाल कम्पनीसँग आबद्ध प्रशिक्षित अभिकर्ता सङ्ख्या ९६ हजार रहेको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट आफ्ना सेयर धनीलाई हाल कायम चुक्ता पुँजीको १० दशमलव २६ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरी २४ दशमलव ७४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।





































