National life

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठ र अन्य ७ जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ जेठ २०८१, सोमबार
447Shares
सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठ र अन्य ७ जना पक्राउ
ncell

काठमाडौँ। सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठ र अन्य ७ जनालाई सीआईबीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगीको मुद्दामा अनुसन्धानका लागि श्रेष्ठसँगै सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिव गोपाल रिसाललाई पक्राउ परेको सीआईबीले जनाएको छ ।

यसअघि कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा १५ फागुन २०८० मा तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका कर्मचारी पक्राउ परेका थिए।

उनीहरूले सेञ्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको सीआईबीले बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त ऋण धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँले बढी पाइएको सीआईबीको दाबी थियो ।

यो समाचार शेयर गर्नुहोस्
447SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?