National life

सेती नदी जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन सुचारु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ मंसिर २०८१, बुधबार
511Shares
सेती नदी जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन सुचारु
ncell

काठमाडौँ। कास्की माछापुच्छ्रे गाउँपालिकामा निर्माण सम्पन्न भएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले व्यावसायिक विद्युत् उत्पादनको कार्य सुरु गरेको छ।

भिजन लुम्बिनी ऊर्जा कम्पनी प्रालिले निर्माण गरेको उक्त आयोजनाबाट कात्तिक २७ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको हो । आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको १३२ केभी क्षमताको मोदी–लेखनाथ सबस्टेसनमा जडान  गरिएको आयोजना पक्षले जनाएको छ ।

कास्कीको माछापुच्छ्रे–२ को भराभरीमा आयोजनाको हेडबक्र्स रहेको छ । भराभरीस्थित सेती नदीको पानीलाई बाँध बाँधेर ६ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत विद्युत् गृहमा खसालेर बिजुली उत्पादन गरिएको छ । आयोजनामा १२.५ मेगावाट क्षमताका दुई वटा टर्वाइन राखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो आयोजना कुल ५ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो। विसं २०७७ साउनदेखि आयोजनाको काम सुरु भएको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
511SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?