काठमाडौं । गत आर्थिक वर्ष (२०७९-८०) को मूनाफाबाट आइएमई लाइफ इन्स्योरेन्सले सेयरधनीहरुलाई ३४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बुधबार बसेको कम्पनी सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ९.५० प्रतिशत नगद लाभांश गरी कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर र नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।





































