काठमाडौँ। आगामी नेतृत्वका लागि स्टक ब्रोकर्स एसोसियसन अफ नेपालको सागर ढकाल समूहको उम्मेदवारी घोषणा भएको छ।
बुधवार एक कार्यक्रमको बीच समूहको प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेको हो। ढकाल समूहको उपाध्यक्षमा नितेश कुमार अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल, सचिव कृष्ण गिरी रहेका छन्।
त्यस्तै सदस्यहरूमा जयन्त श्रीवास्तव, अतितलाल श्रेष्ठ र हरिप्रसाद वाग्ले रहेका छन् । एक सञ्चालक बिहीबारसम्म टुंगो लाग्ने बताइएको छ। एसोसियसनको ३० औँ वार्षिक साधारण सभा आज (बिहीबार) हुँदैछ ।
https://www.youtube.com/watch?v=ZKgVj8Pvx28
सभाले ९ सदस्यीय सञ्चालक समिति चयन गर्दै छ। अध्यक्षका उम्मेदवार ढकाल ब्रोकर नं.६३ हिमालयन ब्रोकेजका सञ्चालक अध्यक्ष हुन्। गत कार्तिक २८ गते स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाल बीच एकीकरण सम्झौता भएको थियो ।
समूहका प्रतिबद्धताहरू :
१० पूँजी बजारमा अत्यावश्यक रहेका विभिन्न वित्तीय औजार तथा कारोबार औजारहरू जस्तै मार्जिन ट्रेडिङ्ग, इन्द्रा डे तथा सर्ट सेलिङ्ग एवं इक्विटिडेरिभेटिभ आदिको विकास गरी सञ्चालन गर्न पहल गर्ने ।
२० धितोपत्र दलाल व्यवसायीहरूले प्रदान गर्न सकिने विभिन्न सेवाहरू जस्तै: लगानी व्यवस्थापन सेवा, लगानी एड्भाइजरी सेवा, मार्जिन लेण्डिङ्गसेवा, प्रत्याभूति सेवाका साथै योग्य संस्थागत लगानीकर्ताको रूपमा कार्य गर्न पाउने सेवाहरू प्राप्तिका लागि आवश्यक कार्य गर्ने ।
३० हाल २ वटा मात्र डिम्याट खाता खोली शेयर कारोबार गर्न पाउने सम्बन्धी व्यवस्थाका कारण शेयर कारोबारमा जोखिम बढेको हुँदा यसलाई खुला गर्न पहल गर्ने ।
४० नेपाल धितोपत्र बोर्डबाट अनुपालना कायम नगर्ने धितोपत्र दलाल व्यवसायीलाई कारोबार निलम्बन गर्दा यसले सो धितोपत्र दलाल व्यवसायीसँग आबद्ध ग्राहकहरुलाई मार पर्ने भएको कारण कारोबार निलम्बन गर्नुका सट्टा कम्पनीलाई आर्थिक जरिवाना गरी कारबाही गर्ने व्यवस्था गर्ने ।
५० हाल धितोपत्र दलाल व्यवसायी कम्पनीहरुले नेपाल स्टक एक्सचेन्ज समक्ष बैंक ग्यारेन्टी राखी सोको २५ गुणा सम्म कारोबार लिमिट प्राप्त गरिरहेकोमा यस्तो सीमा ५० गुणा सम्म बनाउन पहल गर्ने
६० २० करोड पूँजी भएका धितोपत्र ब्रोकर्शहरुले मार्जिन लेण्डिंग तथा लगानी व्यवस्थापन सेवा प्रदान गर्ने सम्बन्धी नियमावलीमा आवश्यक संशोधनगर्न पहल गर्ने ।
७० सञ्चालनमा रहेका धितोपत्र दलाल व्यावसायी कम्पनीका शेयरधनीहरुलाई आफ्नै संस्थाबाट शेयर खरिद बिक्री गर्न पहल गर्ने ।
८० खरिद गरी तोकिएको समय सीमाभित्र खरिद बापतको रकम भुक्तानी गर्न अटेर गर्ने ग्राहकहरूको शेयर बिक्री गरी राफसाफ गर्ने हालकोव्यवस्थालाई संशोधन गरी सहज बनाउन पहल गर्ने ।
९० हाल सञ्चालनमा रहेको धितोपत्र ऐन तथा यस अन्तरगतका विभिन्न नियमावली, विनियमावली लगायत समग्र पूँजी बजारको विकास, विस्तार रआधुनिकीकरणका लागि आवश्यक नीति नियमहरुको विकास गर्ने तथा हाल सञ्चालनमा रहेका कानूनी व्यवस्था तथा नीतिहरुलाई संशोधन गर्नआवश्यक नेतृत्व प्रदान गर्ने ।
१०० धितोपत्र दलाल व्यवसायी कम्पनीहरुबीच एक आपसमा मर्जर तथा प्राप्ति गर्न सकिने गरी कार्यविधिको विकास गरी लागू गर्ने ।
११० धितोपत्र दलाल व्यवसायी कम्पनीहरुको आइपिओ निष्काशन गर्नका लागि आवश्यक नीतिगत व्यवस्था व्यवस्था मिलाउने । गराई यसकोमाध्यमबाट आगामी दिनमा धितोपत्र दलाल व्यवसायी कम्पनीको पूँजी वृद्धि गर्न मिल्ने व्यवस्था मिलाउने ।
१२० धितोपत्र दलाल व्यवसायीहरुको पूँजीवृद्धि सम्बन्धी व्यवस्था हाल २०८२ असार मसान्त सम्म रहेकोमा सो समयावधि कम्तीमा ६ महिना देखि १२महिनासम्म थप गर्न व्यवस्था मिलाउने ।
१३० पूँजी बजार अन्तरगत हुने कारोबारमा देखिएको विकृति तथा विसंगतिहरुको न्यूनीकरण तथा पूँजी बजार को आधुनिकीकरणका लागि नियामकनिकाय, स्टक एक्सचेन्ज तथा सिडिएससिलाई आवश्यक पर्ने विभिन्न प्रणालीहरू जस्तै सर्भेलियन्स सिस्टम, म्याचिंग इन्जिन, मार्केट इन्फरमेसनसिस्टम आदिलाई अपग्रेड गरी सञ्चालन गर्न सम्बन्धित निकायसँग पहल गर्ने ।
१४० अक्सन बजारलाई सञ्चालन गरी हाल ग्राहक क्लोज आउट हुने व्यवस्थालाई हटाउन नीतिगत व्यवस्था गरी अक्सन मार्केट सञ्चालनमा ल्याइन पहल गर्ने ।
१५० सेटलमेन्ट ग्यारेण्टि फण्डको सञ्चालनका लागि कार्यविधि संशोधन गरी सञ्चालनमा ल्याइने तथा सो फण्डमा विभिन्न सरकारी निकायमा रहेकोआइडल फण्डहरु थप गरी फण्डको आकार बढाउन पहल गर्ने ।
१६० नेपाल स्टक एक्सचेन्ज, सिडिएससि तथा नेपाल धितोपत्र बोर्डको बेवसाइटमार्फत सम्पूर्ण सूचिकृत कम्पनीको वित्तीय तथ्यांक, त्रैमासिक विवरण, वार्षिक प्रतिवेदन, सञ्चालक तथा व्यवस्थापन लगायत प्रमुख शेयरधनीहरुको विवरण लगायतका जानकारीहरू प्रकाशित हुने व्यवस्था मिलाउन आवश्यक पहल गरिने ।
१७० लगानीकर्ता सचेतना तथा शेयर लगानी सम्बन्धी जनचेतनाका लागि नेपाल धितोपत्र बोर्ड तथा स्टक एक्स्चेन्जसँगको सहकार्यमा तालिम, वर्कसपतथा सेमिनार कार्यक्रमहरु सञ्चालन गर्ने । साथै सबै धितोपत्र दलाल व्यवसायी कम्पनीहरुलाई डिजिटल माध्यमबाट पढ्न तथा हेर्न सकिने गरी शेयरलगानी तथा सचेतना सम्बन्धी सामाग्रीहरु तयार गरी प्रकाशन गर्ने व्यवस्था गरिने ।
१८।० धितोपत्र दलाल व्यवसायीहरूले आफैँले धितोपत्र कारोबार प्रणालीको विकास गरी सञ्चालनमा ल्याउने व्यवस्था मिलाउन हालको नीतिगतव्यवस्थालाई संशोधन गर्न पहल गर्ने ।
१९० ग्राहकले बिक्री गरेको शेयरको स्वचालित रूपमा EDIS हुने व्यवस्था मिलाउन पहल गर्ने ।
२०० पूँजी बजारमा लगानी गर्ने लगानीकर्ताहरुको लागि सदैव तरबारको रूपमा रहेको पूँजीगत लाभकरको व्यवस्थालाई नीतिगत रुपमै अन्तिम करघोषणा गर्न आवश्यक पहल गर्ने ।
२१० सूचिकृत कम्पनीहरु मर्जर तथा प्राप्तिका कारण पूँजीगत लाभकरमा देखिएको समस्यालाई समाधान गर्न सम्बन्धित निकायसँग पहल गर्ने ।
२२० सिडिएससि मार्फत हाल नेपाल स्टक एक्सचेन्जबाट भएको कारोबार मात्रै राफसाफ हुने व्यवस्था रहेकोमा आगामी दिनमा बजार समय भन्दा अगावै वा बजार समय पछि धितोपत्र दलाल व्यवसायी कम्पनीको मध्यस्थतामा भएको अफ मार्केट कारोबारलाई समेत सिडिएसिबाट राफसाफ हुने व्यवस्था मिलाइने ।
२३० स्टक ब्रोकर एशोसिएसन अफ नेपालले जारी गरेको आइडी कार्डबाट सिंहदरबार लगायतका सरकारी निकायहरुमा सहज प्रवेश गर्न पाउनेव्यवस्था मिलाउने ।



































