काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले जेठ ९ गते बुधबार बिहान १० बजे अमृतभोग केटरर्स, कालिकास्थानमा वार्षिक सभा बोलाएको छ।
उक्त सभाले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको हाल कायम चुक्ता पूँजीको २३.८० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ।
यसका साथै सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको २७ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्ने छ । यस्तै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
सभाले वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचिहरु सहितको वित्तिय विवरण छलफल गरी पारित गर्ने छ । कम्पनीले सातौ बार्षिक साधारण सभाको





































