National life
cg eloctronics

सन नेपाल लाइफका अभिकर्ताहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०६ वैशाख २०८३, आइतबार
1.7kShares
सन नेपाल लाइफका अभिकर्ताहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
muktinatha bikash bank

काठमाडौँ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि तथा प्रोत्साहनका उद्देश्यले ‘प्रयत्न निरन्तर सम्मान र सबलीकरणको अवसर’ शीर्षकमा एक दिने विशेष कार्यक्रम आयोजना गरेको छ।

बागमती प्रदेश अन्तर्गत काठमाडौँ उपत्यकाका विभिन्न शाखाबाट आएका अभिकर्ताहरूलाई एकै छानामुनि ल्याई सीप विकास, उत्प्रेरणा तथा नेटवर्किङको अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ। कार्यक्रममा अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर विजय कुमार झाको प्रशिक्षण सत्र मुख्य आकर्षणका रूपमा रहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3

उनले बिक्री सीप, लक्ष्य निर्धारण, आत्मविश्वास विकास तथा बदलिँदो बीमा बजारमा सफल हुने रणनीतिबारे प्रशिक्षण दिएका थिए। कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी लगायत क्षेत्रीय तथा शाखा व्यवस्थापन टोली इन्स्योरेन्स एडभाइजर, एजेन्सी डेवेलोप्मेंट म्यानेजर तथा एमडिआरटि एचिभर्सको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले अभिकर्ताहरूलाई कम्पनीको मेरुदण्डका रूपमा उल्लेख गर्दै उनीहरूको सशक्तिकरण नै दीर्घकालीन सफलताको आधार भएको बताए। त्यसैगरी, प्रमुख बजार अधिकृत गणेश चौलागाईले अभिकर्ताहरूलाई निरन्तर सिकाइ, अनुशासन र ग्राहकप्रति जिम्मेवार दृष्टिकोणसहित अघि बढ्न आग्रह गर्दै यस्ता कार्यक्रमले बजार प्रतिस्पर्धामा अग्रता दिलाउने बताए।

everest bank

कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गरिएको थियो भने सहभागीहरूबीच अनुभव आदानप्रदानको अवसर समेत सिर्जना गरिएको थियो। कम्पनीले यस्ता कार्यक्रममार्फत बीमा सेवाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। हाल सन नेपाल लाइफ इन्स्योरेन्सका देशभर १४८ शाखा तथा उपशाखा सञ्चालनमा रहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?