National life
cg eloctronics

हकप्रद सेयर निष्कासनको तयारीमा बलेफी हाईड्रोपावर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ मंसिर २०८१, मङ्गलबार
1.6kShares
हकप्रद सेयर निष्कासनको तयारीमा बलेफी हाईड्रोपावर
muktinatha bikash bank

काठमाडौँ । बलेफी हाईड्रोपावर लिमिटेडले आगामी मंसिर २७ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ।

हाल कायम चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ः१ अनुपातमा रु १०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत कात्तिक २१ गते बुक क्लोज गरेको थियो। यसर्थ कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयर धनीहरूले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

लगानीकर्ताले एनआईएमबी एस क्यापिटल,कुमारी बैंक जलविरे शाखा,जुगल शाखा, र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

हकप्रदबाट प्राप्त रकम विभिन्न ऋण तथा आयोजना निर्माणमा संलग्न ठेकेदार तथा बिक्रेताहरुको भुक्तानी गर्न उपयोग गरिने कम्पनीले जनाएको छ ।  यो हकप्रदमा आवेदन दिने अन्तिम मिति पुस १७ गते रहेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?