National life

हाइलाइफ फुड्स र लुम्बिनी लायन्सबीच सहकार्य: एनपीएल सिजनमा क्रिकेटको उत्साह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ मंसिर २०८१, शुक्रबार
638Shares
हाइलाइफ फुड्स र लुम्बिनी लायन्सबीच सहकार्य: एनपीएल सिजनमा क्रिकेटको उत्साह
ncell

काठमाडौं । नेपालकै चर्चित तथा ठुलो क्रिकेट लिगका रूपमा यही मङ्सिर १५ गतेदेखि नेपाल प्रिमियर लिग (एनपिएल) को खेल सुरु हुँदै छ । सो एनपिएल खेलमा रुपन्देहीबाट व्यवसायीक यात्रा सुरु गरेको हाईलाइफ फुड्स लि.काे साथ लुम्बिनी लायन्स टीमलाई रहने भएको छ । हाईलाइफ फुड्स र लुम्बिनी लायन्स बिच स्पन्सर सम्बन्धी सम्झौता भएको कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लुम्बिनी क्षेत्रकै प्रतिनिधित्व गरेको टिम लुम्बिनी लायन्स सँग जोडिन पाएकाेमा हाईलाइफ फुड्सले खुसी व्यक्त गरेकाे छ । लुम्बिनी लायन्स सँग हाईलाइफको सहकार्यले नेपालमा क्रिकेट र स्वास्थ्यको लागि उत्साहको नयाँ अध्यायलाई अगाडी बढाउने विश्वास कम्पनीले लिएकाे जनाएकाे छ। लुम्बिनी लायन्स क्रिकेट टोलीलाई प्रायोजन गर्नु खेलको माध्यमबाट स्वास्थ्यलाई बढावा दिने हाम्रो समर्पणको प्रतीक हो– हाईलाइफले भनेको छ ।

हाईलाइफका हरेक उत्पादनहरू युवा र स्वास्थ्यसँग जोडिएकाले पनि युवापुस्ताले अधिक रुचाएको खेल क्रिकेट मार्फत खेलकुदसँग जोडिएको कम्पनीले बताएको हाे । हाईलाइफको व्यापारिक सुरुवात लुम्बिनी प्रदेशको रुपन्देहीबाट भएकाले पनि लुम्बिनी लायन्स टीम आफूहरूको राेजाइमा परेको कम्पनीकाे भनाइ छ।

‘हामीलाई अहिले यो अवस्था पुराउनका लागि लुम्बिनी प्रदेशका युवाहरुको धेरै साथ र सहयोग रहेको हुदा क्रिकेट मार्फत नेपाली युवाहरूलाई फिटनेस र टीमवर्कमा ऊर्जा र प्रेरणा प्रदान गर्ने लक्ष्य सहीत लुम्बिनी लायन्स संग हाईलाइफ लेजाेडीन पुगेकाे बताएको छ ।

एक विश्वसनीय नेपाली ब्रान्डको रूपमा, हाईलाइफले आफ्ना उपभोक्ताहरूको माया कमाउँदै प्रसिद्ध अन्तर्राष्ट्रिय र राष्ट्रिय ब्रान्डहरूसँग गुणस्तरीय उत्पादनका साथ प्रतिस्पर्धा गर्दै आएको छ। रुपन्देही बाट सुरूभएकाे हाई लाइफ फुड्सका चिउरा, ओट्स, चिया पत्ति, पास्ता, चकलेट, कर्नफ्लेक्स, चक्की आटा, साेयाविन मस्यौरा, टमेटाे केचप, मुस्ली, चिया सिड लगाएतका खाद्य उत्पादनहरू नेपाल सहीत नेपाल बाहीर समेत लाेकप्रिय रहेका छन ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
638SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?