National life

हिमालयन पावर पार्टनको खर्च सँगै घाटामा ३८.१९ प्रतिशतले वृद्धि, अन्य सूचक कस्ता छन् ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ भदौ २०८१, आइतबार
512Shares
हिमालयन पावर पार्टनको खर्च सँगै घाटामा ३८.१९ प्रतिशतले वृद्धि, अन्य सूचक कस्ता छन् ?
ncell

काठमाडौँ। हिमालयन पावर पार्टनर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी २६ करोड २३ लाख रुपैयाँ घाटामा देखिएको छ ।

गत आवको सोही अवधिसम्म भने कम्पनी १८ करोड ९८ लाख रुपैयाँ घाटामा थियो । यसरी कम्पनीको घाटा ३८.१९ प्रतिशतले वृद्धि भएको छ ।

Royal Enfield
nic asia capital
कम्पनीले विद्युत् बिक्रीमार्फत ५१ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोही अवधिको तुलनामा ४५.६३ प्रतिशतले बढी हो।

अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले विद्युत् बिक्रीमार्फत ३५ करोड ४३ लाख रुपैयाँ कमाएको थियो। यो अवधिसम्म कम्पनीको कुल खर्च २६ करोड ७० लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा २५.०२ प्रतिशतले धेरै हो।

कम्पनीको रिटेन्ड अर्निङ ९ करोड ८९ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति २३ करोड ६२ लाख रुपैयाँ र कुल चालु दायित्व ३० करोड ३१ लाख रुपैयाँ रहेको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी (त्रैमासिक) २४.६२ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १०९.२९ रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
512SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?