National life
cg eloctronics

१० महिनामा ५ खर्ब २७ अर्ब बढीको सेयर कारोबार, अग्र स्थानमा हाइड्रोपावर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ जेठ २०८१, मङ्गलबार
525Shares
१० महिनामा ५ खर्ब २७ अर्ब बढीको सेयर कारोबार, अग्र स्थानमा हाइड्रोपावर
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ५ खर्ब २७ अर्ब ९२ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार १० महिनाको अवधिमा उक्त कारोबार भएको हो । डिबेन्चर तथा म्युचुअल फन्ड इकाईसमेत गरेर उक्त कारोबार भएको हो । गत वर्षको सोही अवधिमा भने ३ खर्ब ३८ अर्ब १६ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । वैशाख मसान्तसम्ममा कुल १ अर्ब ५५ करोड २५ लाख १६ हजार ८०० कित्ता सेयर खरिदबिक्री भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस कारोबार अवधिमा सबैभन्दा धेरै हाइड्रोपावर समूहको सेयर कारोबार भएको छ । कुल सेयर खरिदबिक्री रकममध्ये हाइड्रोपावर समूहको हिस्सा मात्रै २८.९ प्रतिशत रहेको तथ्यांमा उल्लेख छ । हाइड्रोपावर समूहको १ खर्ब ५२ अर्ब ३७ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । कारोबार रकममा आधारमा दोस्रो ठूलो हिस्सा वाणिज्य बैंकको रहेको छ ।

वाणिज्य बैंकले १० प्रतिशत र तेस्रोमा जीवन बिमा समूहको ९.२ प्रतिशत रहेको छ । वैशाख अन्त्यसम्ममा वाणिज्य बैंक समूहको ५२ अर्ब ८७ करोड र जीवन बिमा समूहको ४८ अर्ब ३६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
525SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?