National life

५ हजारभन्दा बढी व्यवसायी लाभान्वित खल्ती पेमेन्टमा के के छन् सुविधा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ मंसिर २०८०, आइतबार
535Shares
५ हजारभन्दा बढी व्यवसायी लाभान्वित खल्ती पेमेन्टमा के के छन् सुविधा
ncell

काठमाडौं । भुक्तानी सेवा प्रदायक खल्तीले साना तथा मझौला व्यवसायीहरूलाई आफ्नो व्यवसाय डिजिटलाइजेसनतर्फ लैजान खल्ती पेमेन्ट गेट वेको सुविधा दिदै आएको छ।

उक्त सुविधा अन्तर्गत अहिलेसम्म ५ हजार व्यवसायीहरूले प्रत्यक्ष रुपमा लाभान्वित हुनुका साथै थप व्यवसायीहरूलाई प्रोत्साहित गर्न खल्ती स्मार्ट उद्यमी अफर उपलब्ध गराएको कम्पनीले एक सूचना मार्फत जानकारी दिएको छ ।

उक्त सुविधा अन्तर्गत ‘खल्ती पेमेन्ट गेट वे’ मा आबद्ध हुने साना तथा मझौला व्यवसायीहरूले आफ्ना ग्राहक वर्गबाट डिजिटल तरिकाले सरल र सुरक्षित रूपमा भुक्तानी लिन सक्नेछन् भने यसमा उपलब्ध अफर अनुसार मेटा विज्ञापन क्रेडिट र एसएमएस क्रेडिट को रूपमा एपीआई शुल्कमा १०० प्रतिशत मनी ब्याक प्राप्त गर्न सक्नेछन्।

यति मात्र नभएर आफ्नो व्यवसायमा वृद्धि विस्तार गर्न आवश्यक पर्ने बस्तु जस्तै प्रिन्टर, ल्यापटप पनि जित्ने मौका पनि पाउनेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
डिसेम्बर ४ देखि फेब्रुअरी ४ सम्म सञ्चालन हुने स्मार्ट उद्यमीअफर अन्तर्गत खल्तीसँग साइन अप गरी ‘खल्ती पेमेन्ट गेट वे’ को सुविधा लिन सम्झौतामा हस्ताक्षर गर्दै एपीआई शुल्कको भुक्तानी गर्ने साथै सेवा लिए पश्चात दुई कारोबारहरू पूरा गर्ने व्यवसायीहरू मध्ये नै एक जना विजेताले बम्पर पुरस्कारको रूपमा ल्यापटप र हरेक हप्ता एक नयाँ भाग्यशाली व्यवसायीले प्रिन्टर प्राप्त गर्नेछन्।

यसका अतिरिक्त खल्तीको SDK/API मा आबद्ध भए पश्चात व्यवसायीले अन्य बैंकको सहायता बिना नै खल्ती प्रयोगकर्ताहरू साथै अरु विस्तृत स्रोतहरू जस्तै पार्टनर बैंकहरूको ई बैंकिङ, मोबाइल बैंकिङ, एससीटी र भिसा र मास्टर कार्ड, कनेक्ट आईपीएसमार्फत भुक्तानी लिन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
535SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?