National life

७ महिनामा ५ खर्ब ६७ अर्ब राजस्व सङ्कलन लक्ष्यभन्दा ४० प्रतिशत कमी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ फागुन २०८०, मङ्गलबार
454Shares
७ महिनामा ५ खर्ब ६७ अर्ब राजस्व सङ्कलन लक्ष्यभन्दा ४० प्रतिशत कमी
ncell

काठमाडौं। सरकारले चालु आर्थिक वर्षको ७ महिनामा ५ खर्ब ६७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ।

अर्थ मन्त्रालयको अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्य भन्दा २६ प्रतिशत कम राजस्व संकलन भएपनि गत वर्ष संकलन भएको राजस्व भन्दा १०.२४ प्रतिशत बढी रकम संकलन भएको हो ।

सरकारले गत वर्ष माघ मसान्तसम्म ५ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

Royal Enfield
nic asia capital
चालु आर्थिक वर्षको माघ मसान्तसम्म ७ खर्ब ६७ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने सरकरको लक्ष्य थियो ।

अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ मन्त्री डा.प्रकाशशरण महतले विद्युतिय गाडी पर्बधन गर्ने सरकारको नीतिले लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको स्विकार गरेका छन् ।

माघ मसान्तसम्म भन्सार बिभागले गत वर्ष भन्दा ९.९१ प्रतिशत बढी राजस्व संकलन गरेपनि लक्ष्यभन्दा ४० प्रतिशत कम राजस्व उठाएको जानकारी दिएको छ । विभागले माघ मसान्तसम्म ३ खर्ब ५७ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा २ खर्ब ३० अर्ब रुपैयाँ संकलन गरेको छ ।

यस्तै, आन्तरिक राजस्व विभागले पनि लक्ष्य भन्दा २० प्रतिशत कम राजस्व संकलन गर्दा गत वर्षभन्दा १० प्रतिशत बढी राजस्व उठाएको छ । विभागले माघ मसान्तसम्म ३ खर्ब ४७ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा २ खर्ब ७९ अर्ब रुपैयाँ मात्रै संकलन गर्न सकेको हो ।

माघसम्म ६२ अर्ब ५४ करोड रुपैयाँ गैर कर संकलन गर्ने लक्ष्य लिएकोमा सरकारले ५६ अर्ब ९० करोड रुपैयाँ संकलन गर्न सकेको छ । गत वर्ष भन्दा १२।६९ प्रतिशत बढी गैरकर संकलन हुँदा लक्ष्यभन्दा ९ प्रतिशत कम संकलन भएको छ ।

सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य निर्धारण गरेको थियो । तर, लक्ष्य अनुसार राजस्व संकलन नहुँदा सरकारले यो वर्ष १२ खर्ब २ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

संशोधित लक्ष्यअनुसार राजस्व उठाउन पनि सरकरले आगामी ५ महिनामा ६ खर्ब ३५ अर्ब रुपैयाँ राजस्व संकलन हुनु पर्छ।गत वर्ष फागुनदेखी असार मसान्तसम्म सरकारले ४ खर्ब ९५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
454SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?