National life

एनआइसी एशिया बैंकले ल्यायो कर्जा ग्राहकहरूलाई छुटसम्बन्धी विशेष योजना 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ जेठ २०८१, बुधबार
474Shares
एनआइसी एशिया बैंकले ल्यायो कर्जा ग्राहकहरूलाई छुटसम्बन्धी विशेष योजना 
ncell

काठमाडौँ। देशमा कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न एनआइसी एशिया बैंकले आकर्षक छुटसम्वन्धी योजना सार्वजनिक गरेको छ ।

बैंकले २०८० चैत्र मसान्त सम्ममा देहाय बमोजिमले भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत देहायको तालिकामा उल्लेख भएबमोजिम छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको हो ।

भाखा नाघेको समयावधि- साधारण ब्याज रकममा छुट (प्रतिशत)

१ ९१ दिनदेखि १८० दिन १५ प्रतिशत

२ १८१ दिनदेखि ३६५ दिन २५ प्रतिशत
३ ३६५ दिनभन्दा बढि ३५ प्रतिशत

९१ दिनदेखि १८० दिन भाखा नाघेकालाई १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिन भाखा नाघेकालाई २५ प्रतिशत र ३६५ दिनभन्दा बढि भएकालाई ३५ प्रतिशत छुट दिने भएको हो ।

मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकको जानकारी छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
474SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?