National life

ऐतिहासिक महत्व गुम्ने भन्दै बरुण नदीमा विद्युत् उत्पादनमा रोक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ माघ २०८०, शुक्रबार
596Shares
ऐतिहासिक महत्व गुम्ने भन्दै बरुण नदीमा विद्युत् उत्पादनमा रोक
ncell

काठमाडौँ । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको ऐतिहासिक महत्त्व सहितको वरुण नदीबाट विद्युत् उत्पादन गर्ने भएपछि उक्त नदीको अस्तित्व खतरामा पर्ने भन्दै स्थानीयले रोकको माग गरेका छन् ।

मौलिक पहिचानका साथै अलौकिक शक्ति रहेको जनविश्वास रहेको उक्त नदी संरक्षण हुन नसक्दा यसको महत्त्व गुम्ने खतरा बढेपछि विद्युत् उत्पादनमा रोक लगाइएको गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिएका छन् ।

भोटेका अनुसार गाउँपालिकाको १३औँ बैठकबाट धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्रअन्तर्गत पर्ने वरुण नदीबाट विद्युत् उत्पादन रोक लगाउने निर्णय भएको थियो। नदीबाट १३२ मेगावाटको जलविद्युत् आयोजना निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत कात्तिक २३ गते निर्माण कम्पनीलाई अनुमति दिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागले धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्रको अध्ययन नगरी निर्माण कम्पनीलाई कामको जिम्मा दिनु आपत्तिजनक भएको पालीका अध्यक्ष भोटेको भनाई छ ।

ऐतिहासिक महत्वको मौलिक पहिचानको अस्तित्व खलल पार्ने किसिमबाट भएका गतिविधि कुनै हालतमा मान्य नहुने उनको भनाइ थियो । वरुण नदीले ऐतिहासिक, धार्मिक एवं मौलिक पहिचान बोकेकाले यहाँबाट बिजुली उत्पादन गर्न नदिने भन्दै स्थानीयवासीले विरोध गरेका छन् ।

गोमुख गङ्गाको शिर वरुण नदी भएकाले ८४ हजार पितृको उद्धारका लागि शिवजीले जटा फिँजाएर गङ्गाबाट सेचन लिएको स्थानका रूपमा यसलाई लिने गरिएको पौराणिक मान्यता छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
596SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?