काठमाडौँ । गुडविल फाइनान्स लिमिटेडले शेयर धनीलाई निराशा बनाएको छ ।
फाइनान्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयर धनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले लाभांश वितरण नगरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने भएको छ ।






































