National life
cg eloctronics

प्रदर्शनरत लघुवित्त पीडित र प्रहरीबिच झडप,१३ जना प्रहरी नियन्त्रणमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ फागुन २०८०, शुक्रबार
884Shares
प्रदर्शनरत लघुवित्त पीडित र प्रहरीबिच झडप,१३ जना प्रहरी नियन्त्रणमा
muktinatha bikash bank

काठमाडौँ । प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रदर्शन गर्न पुगेका लघुवित्त पीडित र नेपाल प्रहरीबिच सामान्य झडप भएको छ ।

लघुवित्त पीडितहरूले निषेधित क्षेत्र तोडे पछि स्थिति नियन्त्रण बाहिर गएको हो । प्रदर्शनकारीले राष्ट्र बैंक अगाडिको निषेधित घेरालाई तोडेर अगाडि बढेकासँगै प्रहरीले बलपूर्वक रोकेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले दिएको जानकारी अनुसार प्रदर्शनकारीले आफूहरूलाई रोकेपछि प्रहरीसँग सामान्य रुपमा धकेलाधकेलको स्थिति बनेको थियो । त्यसरी निषेधित क्षेत्र तोड्ने केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रवक्ता ढुङ्गेलका अनुसार अहिले ११ जना पुरुष र २ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लघुवित्त पीडितहरूले केही दिन यता बालुवाटार केन्द्रित प्रदर्शनलाई जारी राखेका छन् ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
884SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?