चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आजै साँझसम्म आउने सम्भावना देखिएको राष्ट्र बैंकको आशय छ।
नीति तथा अनुसन्धान विभागले तयार गरेको मौद्रिक नीतिलाई पारित गर्ने उद्देश्यले राष्ट्र बैंकले सञ्चालक समितिको बैठक आजै साँझ ५ बजेपछि बोलाएको छ ।
सञ्चालक समितिले स्वीकृत गरेमा राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा साँझसम्ममा सार्वजनिक गर्ने सम्भावना देखिएको छ। राष्ट्र बैंकको एक स्रोतका अनुसार , ‘सञ्चालन समितिबाट पारित भयो भने आज बेलुकासम्म मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक हुने जानकारी दिएका छन् ।’
मौद्रिक नीतिमा सेयर बजारलाई प्रभाव पुग्ने गरी केही नीतिगत परिवर्तनहरु हुनसक्ने सम्भावना छ।
मार्जिन प्रकृतिको कर्जा लगायतका कर्जाहरुको प्रवाह बढाउने गरी मौद्रिक नीति तयार भएकोले बोर्डबाट पास भएको खण्डमा केही लचक नीतिहरु आउन सक्ने सम्भावना बनेको स्रोतको भनाई छ ।

































