काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमीटेडलाई राष्ट्रबैंकले लाभांश वितरणमा अस्वीकृत गरेको छ ।
कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पास गरी चुक्तापुँजीको ६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
सो निर्णय स्वीकृतिका लागि राष्ट्रबैंक पठाइएकोमा राष्ट्रबैकले अस्वीकृत गरिदिएको छ ।बैंकले माघ ८ गते एक पत्र पठाउँदै मिर्मिरे लघुवित्तलाई गत आर्थिक वर्षको नाफा सञ्चित गर्न र कुनै पनि लाभांश वितरण नगर्न निर्देशन गरेको छ ।
सोही निर्देशनलाई आधार मान्दै मिर्मिरे लघुवित्तको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले यसअघि प्रस्ताव गरिएको लाभांश रद्द गर्ने निर्णय गरेको छ ।
































