National life

लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल एक आपसमा गाभिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ असोज २०८०, शुक्रबार
631Shares
लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल एक आपसमा गाभिने
ncell

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेड बीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी सम्झौता पत्रमा औपाचारिक रुपमा हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका छन् ।

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको मुख्य संस्था लक्ष्मी बैंक लिमिटेड मिति २०८० साल आषाढ २८ गते बाट सन्राइज बैंक लिमिटेडसँग गाभिएर लक्ष्मी सन्राइज बैंक लिमिटेड भई एकिकृत कारोबार प्रारम्भ भएपछि लक्ष्मी सन्राइज बैंकको दुई सहायक कम्पनीहरु लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सन्राइज क्यापिटल लिमिटेडबाट मर्चेन्ट बैकिङ्ग लगायत अन्य सेवाहरु छुट्टा—छुट्टै रुपमा प्रवाह गरिरहेको अवस्थामा धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)नियमावली, २०६४ को दफा२९ (क) बमोजिम एकै प्रकृतिका कम्पनीहरु आवश्यक नभएको कुरालाई मध्यनजर गर्दै एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैकिङ्ग व्यवसाय संचालन गर्नु पर्ने हुँदा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सन्राइज क्यापिटल लिमिटेड बीच आपसमा गाभ्ने/गाभिने भएका हुन् ।

मर्जर पश्चात् कम्पनीको चुक्ता पूँजी ४८ करोड रुपैयाँ पुग्नेछ साथै अझ सबल रुपमा व्यासाय विस्तार गर्न सहयोग पुग्ने विश्वास समेत गरिएको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
631SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?