National life

‘हेर्ने कथा’बाट चर्चामा रहेका प्रकाशले पाए नागरिकता, अब प्रधानमन्त्रीसँग भेट हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ भदौ २०८१, आइतबार
537Shares
‘हेर्ने कथा’बाट चर्चामा रहेका प्रकाशले पाए नागरिकता, अब प्रधानमन्त्रीसँग भेट हुने
ncell

काठमाडौँ। हेर्ने कथाबाट चर्चामा रहेको भोजपुरका प्रकाश तामाङले नागरिकताको प्रमाणपत्र पाएका छन् ।

परिवारबाट ३५ वर्ष बढी हराएका प्रकाशलाई षडानन्द नगरपालिका- १० स्थित प्रकाशको घरमै पुगेर दिङ्ला इलाका प्रशासन कार्यालयका प्रमुख प्रशासकीय विनोद ज्ञवालीले नागरिकताको प्रमाणपत्र दिएका हुन् ।

प्रकाशको नागरिकता बनाउन षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदास, नगरपालिकाका कार्यकारी अधिकृत मोहन चापागाईं र वडाध्यक्ष प्रेम दोजी शेर्पाले समन्वय गरेका थिए। प्रकाशको नागरिकताबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नै चासो दिएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तत्कालीन गृह सचिव एकनारायण अर्यालसँग प्रधानमन्त्री ओलीले प्रकाशको नागरिकताबारे कुरा गरेका स्वयम प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका थिए ।

प्रधानमन्त्रीकै चासो हुँदा वडाध्यक्ष, मेयर र दिङ्ला इलाका प्रशासन कार्यालयको समन्वयमा घरमै प्रकाशले नागरिकताको प्रमाणपत्र पाएका हुन् । ‘हेर्ने कथा’ कार्यक्रममार्फत प्रकाश साढे तीन दशक पछि परिवारको सम्पर्कमा पुगेका थिए ।नागरिकता बनेसँगै प्रकाशले काठमाडौँमा  पुगेर प्रधानमन्त्री भेट्ने कार्यक्रम रहेको छ ।  उनलाई देश विदेशबाट सहयोग जुटिरहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
537SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?