National life
cg eloctronics

कक्षा १२ र एसइई नतिजा विवाद: ११ विद्यार्थी संगठनको आपत्ति

उनीहरूले यस्ता त्रुटिले विद्यार्थीहरूको मेहनत र भविष्यमा नकारात्मक असर पार्ने बताएका छन्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ महिना अगाडि|११ असार २०८३, बिहिबार
1.3kShares
कक्षा १२ र एसइई नतिजा विवाद: ११ विद्यार्थी संगठनको आपत्ति
ncell

काठमाडौं । कक्षा १२ को परीक्षाफलमा देखिएका त्रुटि तथा यसअघि सार्वजनिक गरिएको एसइई नतिजामा पनि कमजोरी देखिएको भन्दै ११ विद्यार्थी संगठनहरूले असन्तुष्टि जनाएका छन्।

नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीसहितका संगठनहरूले नतिजा छिटो सार्वजनिक गर्ने क्रममा गम्भीर लापरबाही भएको आरोप लगाएका छन्। उनीहरूले यस्ता त्रुटिले विद्यार्थीहरूको मेहनत र भविष्यमा नकारात्मक असर पार्ने बताएका छन्।

संयुक्त रूपमा जारी गरिएको वक्तव्यमा परीक्षाफलमा देखिएका कमजोरीलाई गम्भीर विषयका रूपमा लिनुपर्ने उल्लेख गरिएको छ। साथै, यसप्रकारका त्रुटि अस्वीकार्य रहेको उनीहरूको भनाइ छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विद्यार्थीहरूले काठमाडौंको माइतीघरमा गरिरहेको प्रदर्शनप्रति संगठनहरूले समर्थन जनाउँदै त्यसलाई आवश्यक र उचित कदमका रूपमा व्याख्या गरेका छन्।

उनीहरूले शिक्षा मन्त्रालयसँग नतिजामा देखिएका त्रुटिहरू तत्काल सुधार गर्न, पुनर्मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित बनाउन तथा भविष्यमा यस्ता समस्या दोहोरिन नदिन प्रभावकारी उपाय अवलम्बन गर्न माग गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?