National life
cg eloctronics

‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने वाग्लेको भनाइप्रति कमल थापाको असन्तुष्टि

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०८ कात्तिक २०८३, आइतबार
376Shares
‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने वाग्लेको भनाइप्रति कमल थापाको असन्तुष्टि
ncell

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा दिएको राष्ट्रवादसम्बन्धी अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले आपत्ति जनाएका छन् । उनले वाग्लेको अभिव्यक्ति नेपाली राष्ट्रियताको अवमूल्यन गर्ने खालको भएको टिप्पणी गर्दै सरकारको आधिकारिक धारणा माग गरेका छन् ।

नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालमा भारतविरोधी भावनासँग जोडेर राष्ट्रवादलाई हेर्ने समय सकिएको बताएका थिए ।

‘नेपालमा कुनै समय राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने गरिन्थ्यो । तर, त्यो युग अब सकिएको छ,’ वाग्लेले भनेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

वाग्लेको यही अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै नेता थापाले नेपालको राष्ट्रवाद कुनै मुलुकको विरोधमा आधारित नरहेको बताएका छन् । नेपाल–भारत सम्बन्धका विषयमा दिल्लीमा दिइएको अभिव्यक्ति आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियताको अवमूल्यन भएको उनको भनाइ छ ।

थापाले विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्नु र राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने तर्क गर्नु गैरजिम्मेवार भएको टिप्पणी गरेका छन् । सीमित व्यक्तिका धारणालाई आधार बनाएर सिंगो देशको राष्ट्रिय भावनालाई संकुचित रूपमा प्रस्तुत गर्नु पूर्वाग्रहको उपज भएको उनको भनाइ छ ।

नेपालको राष्ट्रियता देशको सार्वभौमिकता र नेपाली जनताको हितको रक्षामा केन्द्रित रहेको उल्लेख गर्दै थापाले भारतसँग समानता र सम्मानमा आधारित सम्बन्ध नेपालको चाहना भएको बताएका छन् ।

तर, सीमा अतिक्रमण, डुबान र नाकाबन्दीजस्ता विषयमा आवाज उठाउनु भारतविरोध नभई राष्ट्रप्रतिको निष्ठा भएको उनले बताएका छन् । यस्ता राष्ट्रिय सरोकारका विषयमा उठ्ने आवाज असान्दर्भिक भइसकेका हुन् भन्दै उनले प्रश्नसमेत गरेका छन् ।

थापाले वाग्लेको अभिव्यक्ति विगतमा अघि सारिएको ‘मुनरो डक्ट्रिन’सँग सम्बन्धित त छैन भन्दै प्रश्न उठाएका छन् । जिम्मेवार पदमा रहेका व्यक्तिले दिएको यस्तो अभिव्यक्तिबारे स्पष्ट जवाफ दिनुपर्ने उनको माग छ ।

साथै, नेता थापाले यस विषयमा सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न पनि माग गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
376SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?