National life
cg eloctronics

दसैंमा कालीमाटी बजारमा २८ लाख किलो कृषि उपजको आपूर्ति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०८ कात्तिक २०८३, आइतबार
338Shares
दसैंमा कालीमाटी बजारमा २८ लाख किलो कृषि उपजको आपूर्ति
ncell

काठमाडौं । दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै २८ लाख किलो कृषि उपज तथा माछा भित्रिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार १ देखि ८ कात्तिकसम्म ८ दिनमा २७ लाख ९४ हजार २२१ किलो विभिन्न वस्तु बजारमा भित्रिएका हुन् ।

समितिको तथ्यांकअनुसार दसैंको अवधिमा सबैभन्दा बढी हरियो तरकारी भित्रिएको छ । उक्त अवधिमा २१ लाख ९१ हजार ३२९ किलो हरियो तरकारी बजारमा आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, ३ लाख ८३ हजार ३०० किलो फलफूल र १ लाख ११ हजार ७४० किलो मसलाजन्य उपज भित्रिएको समितिले जनाएको छ । यस अवधिमा ८८ हजार २९७ किलो माछा र १९ हजार ५५५ किलो अन्य वस्तुको समेत कारोबार भएको छ ।

दैनिक आपूर्तिको तथ्यांक हेर्दा दसैंका ८ दिनमध्ये सबैभन्दा धेरै कृषि उपज शनिबार बजारमा भित्रिएको देखिन्छ । उक्त दिन मात्रै ६ लाख ११ हजार ८७५ किलो विभिन्न वस्तु भित्रिएका थिए ।

त्यसैगरी, आज सबैभन्दा कम परिमाणमा कृषि उपज बजारमा आएको छ । आज १ लाख ३९ हजार १०५ किलो तरकारी, फलफूल तथा माछा भित्रिएको तथ्यांकले देखाएको छ ।

दसैंमा काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरिए पनि उपत्यकामै रहेका उपभोक्ताको माग पूरा गर्न कालीमाटी बजारबाट कृषि उपजको आपूर्ति निरन्तर भएको थियो ।

दसैं मनाउन उपत्यकाबाहिर गएका सर्वसाधारण फर्किन थालेसँगै काठमाडौंमा चहलपहल बढ्न थालेको छ । यसले आगामी दिनमा बजारमा तरकारी तथा फलफूलको माग र आपूर्तिमा थप प्रभाव पार्न सक्ने देखिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
338SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?