National life
cg eloctronics

मेरो माइक्रोफाइनान्समा विभिन्न पदका लागि रोजगारी खुला

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|१९ असार २०८३, शुक्रबार
1.2kShares
मेरो माइक्रोफाइनान्समा विभिन्न पदका लागि रोजगारी खुला
ncell

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयका लागि कर्मचारी भर्ना प्रक्रिया सुरु गरेको छ। संस्थाले सूचना प्रकाशित गर्दै इच्छुक नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरेको हो।

संस्थाअनुसार शाखा प्रमुख (वरिष्ठ सहायक/सुपरीवेक्षक), फिल्ड सहायक (कनिष्ठ सहायक–अनुभवी) तथा फिल्ड सहायक (कनिष्ठ सहायक–प्रशिक्षार्थी) पदका लागि दरखास्त खुला गरिएको छ।

शाखा प्रमुख पदमा आवेदन दिन कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी लघुवित्त वा बैंकिङ क्षेत्रमा शाखा व्यवस्थापनसम्बन्धी कम्तीमा ३ वर्षको अनुभव आवश्यक पर्नेछ। मोटरसाइकल र चालक अनुमतिपत्र भएका तथा कम्प्युटर सीप भएका उम्मेदवारलाई प्राथमिकता दिइने संस्थाले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इच्छुक उम्मेदवारले साउन १ गतेभित्र कार्यालय समयअन्तर्गत आवेदन दिनुपर्नेछ। सेवा सुविधा भने संस्थाको नियमअनुसार तलब, भत्ता, सञ्चय कोष, उपदान, बीमा तथा अन्य सुविधाहरू समावेश हुने बताइएको छ।

सबै पदका लागि न्यूनतम उमेर १८ वर्ष र अधिकतम ३५ वर्ष तोकिएको छ भने महिलाका हकमा उमेर सीमामा ५ वर्षको थप सुविधा रहने उल्लेख गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?