काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नाफामा ठुलो परिमाणमा गिरावट आएको छ । यस अगाडि नाफामा देखिएको प्राधिकरण गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा ३७.३२ प्रतिशतले घटेको हो ।
प्राधिकरणले गत आर्थिक वर्ष २०८१/८२ मा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गएको वर्षको तुलनामा विदेशी मुद्रा जापानी यानमा भएको अधिमूल्यदेखि प्रशासनिक खर्च वृद्धि एवम् औसत बिजुली बिक्री मूल्यमा कमी आएका कारणले नाफामा कमी देखिएको प्रतिक्रिया दिएका छन् । कुलमान घिसिङले नेतृत्व सम्हालेयता प्राधिकरणले नाफा बढाइरहेको थियो । तर घिसिङलाई बर्खास्त गरेसँगै प्राधिकरणको नाफामा गिरावट देखिएको हो ।
अहिले नाफामा कमी आए पनि आउँदो वर्षमा वृद्धि कार्यकारी निर्देशक शाक्यको भनाई छ । शाक्यका अनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा राष्ट्रिय विद्युत् प्रणालीमा जडित कुल विद्युत् क्षमता ३ हजार ५९१ गिरावट मेगावाट पुगेको छ ।
प्राधिकरणका अनुसार नेपालको आन्तरिक विद्युत् खपत अघिल्लो आर्थिक वर्षको तुलनामा १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३१९ मेगावाट घण्टा पुगेको छ । यस्तै राष्ट्रिय ग्रेड पहुँच झन्डै ९८ प्रतिशत पुगेको छ भने विद्युत् चुहावटमा ०.४७ प्रतिशतले कमी आएको छ।
प्राधिकरणको कुल सम्पत्ति २०८१/८२ मा ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्षको २०८१/८२ मा प्राधिकरणको प्रणालीमा कुल ४ सय ३४ मेगावाट विद्युत् उत्पादन क्षमता थप भएको प्राधिकरणले जनाएको छ ।






























