काठमाडौँ। नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले मन्त्रालय सम्हाले लगत्तै विद्युत् प्राधिकरणलाई डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिएका छन्। यो उनका पहिलो निर्णयमध्ये एक हो।
घिसिङ यसअघि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा रहँदा अर्थात् तत्कालीन कार्यकालमा सरकारले विभिन्न कारणले बक्यौता रकम उठाउन दिएको थिएन । त्यसबेला पनि उनले प्राधिकरणको जिम्मेवारीमा रहेर बक्यौता रकम उठाउने प्रयास गरेका थिए ।
तर राजनीतिक र प्रशासनिक चुनौतीका कारण पूर्ण सफलता मिल्न सकेन। आज मन्त्रीको रूपमा फर्किएपछि उनले तत्काल डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने स्पष्ट निर्देशन दिए, जसले प्राधिकरणको वित्तीय स्थिति मजबुत बनाउने अपेक्षा गरिएको छ।
यस निर्णयले प्राधिकरणलाई आर्थिक स्थायित्व दिनुका साथै ऊर्जा क्षेत्रमा सुधार र पारदर्शिता ल्याउने उनको आशय छ ।































