National life

नेपालबाट थप २०० मेगावाट बिजुली खरिद गर्न भारत तयार, कुल बिजुली खरिद कति पुग्यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ भदौ २०८२, शुक्रबार
477Shares
नेपालबाट थप २०० मेगावाट बिजुली खरिद गर्न भारत तयार, कुल बिजुली खरिद कति पुग्यो ?
ncell

काठमाडौँ। भारत सरकारले नेपालका विभिन्न पाँच जलविद्युत् आयोजनाबाट उत्पादित थप २०० मेगावाट बिजुली खरिद गर्नमा सहमति भएको छ । यो सँगै भारतले नेपालबाट खरिद गर्ने कुल बिजुलीको मात्रा ८१०.९ मेगावाटबाट बढेर १ हजार १०.९ मेगावाट पुगेको छ।

Royal Enfield
nic asia capital

विद्युत् प्राधिकरणका अनुसार भारतले ४८.५ मेगावाटको मेवा खोला र ३१.०४ मेगावाट क्षमताको करुवा सेती हाइड्रो पावरबाट उत्पादित बिजुली किन्न सहमति प्रदान गरेको हो ।

पछिल्लो पटक श्रावण २६ गते भारत सरकारले २०० मेगावाट खरिदका लागि अनुमति प्रदान गरेकोमा भाद्र ५ गते थप ८० मेगावाटका लागि अनुमति प्रदान गरेको हो । वाइल्याटरल सम्झौता अन्तर्गत मध्यम अवधिका लागि प्राप्त अनुमति २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्मको लागि कायम रहनेछ ।

यसअनुसार, अब लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठूलो खोला र सुपर काबेली खोलाबाट उत्पादित बिजुली भारत निर्यात हुनेछ। बङ्गलादेशमा निर्यात भइरहेको ४० मेगावाट बिजुली समेत जोड्दा नेपालको कुल बिजुली निर्यात स्वीकृति १ हजार ५०.९ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको बिजुली निर्यात गरेको थियो। पछिल्लो निर्यात अनुमतिसँगै यस आर्थिक वर्षमा बिजुली निर्यात दोब्बर हुने अनुमान गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
477SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?