National life

बजार छैन भनेर बिजुली उत्पादन रोक्नु हुँदैन : ऊर्जा मन्त्री घिसिङ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ असोज २०८२, बिहिबार
1.1kShares
बजार छैन भनेर बिजुली उत्पादन रोक्नु हुँदैन : ऊर्जा मन्त्री घिसिङ
ncell

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले बजार अभाव देखाएर विद्युत उत्पादन रोक्नु नहुने बताएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले बिहीबार नवनियुक्त मन्त्रीलाई बधाई दिँदै मागहरू पेश गर्ने क्रममा मन्त्री घिसिङले आगामी १० वर्षपछि ठूलो समस्या आउन सक्ने भएकाले अहिले उत्पादन रोक्नु उचित नहुने बताएका हुन्।

उनले भने, "देशका लागि अझै २०–३० हजार मेगावाट बिजुली चाहिन्छ।

Royal Enfield
nic asia capital
निजी क्षेत्रले लगानी गरे सरकारलाई लगानी गर्नुपर्दैन। बजार सिर्जना गर्न सकिन्छ, अहिले रोकियो भने भविष्यमा ठूलो समस्या आउँछ।"

इप्पान अध्यक्ष गणेश कार्कीले विद्युत खरिद सम्झौता (पीपीए) लामो समयदेखि रोकिएको भन्दै निजी लगानीकर्ताको मनोबल उच्च बनाउन आग्रह गरे।

जवाफमा मन्त्री घिसिङले निजी क्षेत्रलाई अझ प्रोत्साहन गरिने बताउँदै, आवश्यक परे नियमावली, निर्देशिका मात्र नभई ऐन संशोधन गर्न पनि सरकार तयार रहेको स्पष्ट पारे।

उनले वन क्षेत्रसँग जोडिएका समस्या समाधान नगरी ऊर्जा तथा पूर्वाधार विकास सम्भव नभएको उल्लेख गर्दै प्रधानमन्त्रीसँग छलफल गरेर कानुनी सुधार अघि बढाउने बताए।

भेटघाट कार्यक्रममा इप्पानले मन्त्रालय, विद्युत विकास विभाग र नेपाल विद्युत प्राधिकरणले गर्नुपर्ने कामहरूको सूचीसहित विभिन्न मागहरू राखेको थियो, जसमा विद्युत खपत वृद्धिको योजना, निजी क्षेत्रलाई प्रसारण लाइनमा सहभागी गराउने, रोकिएका जलविद्युत कम्पनीको सेयर निष्काशनमा पहल गर्ने लगायतका विषय सामेल थिए।

मन्त्री घिसिङले आफू समस्याबाट नभाग्ने प्रतिबद्धता जनाउँदै पीपीए, आरसीओडी म्याद थप र अन्य चुनौती समाधानतर्फ सरकारले चाँडै पहल गर्ने बताए।












यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

सम्बन्धित लेख
विशेष समाचार

छुटाउनुभयो कि ?