National life

बुटवल पावरको लाभांश घोषणा, एफपीओ निष्कासन गर्ने प्रस्ताव

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ पुस २०८०, आइतबार
1KShares
बुटवल पावरको लाभांश घोषणा, एफपीओ निष्कासन गर्ने प्रस्ताव
ncell

काठमाण्डौ । बुटवल पावर कम्पनीले गत आर्थिक वर्ष २०७९र ८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको गत मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै कम्पनीले १ करोड कित्ता एफपीओ निष्कासन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले विभिन्न आयोजनामा लगानी गर्न एफपीओ निष्कासन गर्ने प्रस्ताव गरेको हो ।

Royal Enfield
nic asia capital

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

कम्पनीले वार्षिक साधारण सभा प्रयोजनका लागि पुस १९ गतेदेखि पुस २९गतेसम्म सेयर धनी दर्ता किताब बन्द गर्ने पनि बताएको छ । सभा आगामी पुस २९ गते आइतबार ११ बजे कार्कि ब्याङक्वेट,बबरमहलमा हुने छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको खुद मुनाफा तथा सञ्चित नाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिएको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?