काठमाडौं । विकास हाइड्रोपावर कम्पनीको सेयर भोली अर्थातदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कम्पनीको आईपीओ सूचीकृत भएको छ । विकास हाइड्रोपावरको सेयर पनि भोलिदेखि किनबेच आउने छ भएको छ । नेप्सेमा विकास हाइड्रोपावरको कुल ९० लाख ९१ हजार १३ कित्ता सेयर सूचीकृत भएको छ।
जसमा संस्थापक समूहको ४६ लाख ३६ हजार ४१७ कित्ता (५१ प्रतिशत) र सर्वसाधारण समूहको ४४ लाख ५४ हजार ५९६ कित्ता (४९) प्रतिशत रहेको छ। कम्पनीलाई नेप्सेले 'बीएचसीएल' संकेत प्रदान गरेको छ।
पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९७.४३ रुपैयाँ र अधिकतम २९२.२९ रुपैयाँको ओपनिङ रेन्ज निर्धारण गरिएको छ। यदि भोलि स्पेशल प्रिसेसन सत्रमा यो रेन्जभित्र कारोबार भयो भने कम्पनीको सेयर नियमित सत्रका लागि कारोबारमा आउनेछ।
विकास हाइड्रोपावरले गत असार १८ गतेदेखि असार २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो। आईपीओको बाँडफाँट असार २९ गते धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सम्पन्न भएको थियो।






























